अर्थतन्त्र

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य

काठमाडाैं । बुधबार (आज) सुन र चाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।

पछिल्लो दुई दुईमा नेपाली बजारमा सुनको मूल्य तोलाको ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार तोलाको ३०० रुपैयाँ र बुधबार ५०० रुपैयाँ गरि ८०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ८८ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।

यस दिन चाँदी भने प्रतिताेला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

गाउँ सहर संवाददाता