भाेलिबाट काेराेनाविरूद्धकाे चिनियाँ खाेप लगाइँदै, यी स्थानमा जानुहाेस्
- गाउँ सहर संवाददाता
- २४ चैत मंगलबार, २०७७ | २०:५६:०० मा प्रकाशित
काठमाडौँ । सरकारले चीनबाट अनुदानमा आएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप भोलि (बुधबार) बाट लगाउन सुरु गर्दै छ । स्वास्थ्य मन्त्रालयले उक्त खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ ।
खोप १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरू, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने मन्त्रालयले जनाएको छ । त्यसैगरी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी र व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफूल तरकारीलगायतका व्यापारीलाई खोप लगाउने मन्त्रालयले जनाएको छ ।
यसअघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई पनि याे खोप दिइने बताइएकाे छ ।
खोप लगाउने स्थानहरूः
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली
३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
४. निजामती कर्मचारी अस्पताल, मिनभवन
५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर
६. नेपाल मेडिकल कलेज, अत्तरखेल
७. काठमाडौँ मेडिकल कलेज, सिनामंगल
८. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी
१०. बीरेन्द्र अस्पताल छाउनी
११. एपीएफ अस्पताल बलम्बु
१२. नेपाल प्रहरी अस्पताल पानीपोखरी
१३. ओम अस्पताल रिसर्च सेन्टर चाबहिल
१४. क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी
१५. भक्तपुर अस्पताल, भक्तपुर
१६. नेपाल कोरिया मैत्री अस्पताल, ठिमी
१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
१८. किष्ट मेडिकल कलेज, ललितपुर
१९. आनन्दवन अस्पताल, ललितपुर
२०. धुलिखेल अस्पताल, काभ्रे
२१. त्रिशुली अस्पताल, नुवाकोट
२२. बाह्रबिसे अस्पताल, सिन्धुपाल्चोक
२३. जिल्ला अस्पताल, रसुवा
माथि उल्लेखित व्यक्तिहरुले तोकिएका अस्पताल तथा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्नेछन् । खोप लगाउन जाँदा आफ्नो प्रमाणित परिचयपत्र देखाउनु पर्ने मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस