संसदमा सांसद : कसले के भने ?
- गाउँ सहर संवाददाता
- २३ चैत सोमबार, २०७७ | १४:३१:०० मा प्रकाशित
काठमाडाैं । प्रतिनिधि सभाको साेमवारकाे बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले आफ्नो क्षेत्रका तथा राष्ट्रिय महत्त्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै आ-आफ्ना धारणा राखेका छन् ।
सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्रीले संसद् असफल बनाउन बिजनेस नदिएको भन्दै उनले संसदमा आएर आफूलाई लागेका कुरा राख्न र संसद्को सम्मान गर्न आग्रह गर्नुभयो । सांसद् राजबहादुर बुढाले संसद्लाई काम नदिएको भन्दै विरोध जनाए ।
सांसद भरतकुमार साहले प्रधानमन्त्रीले बालुवाटारमा बसेर कुनै तयारी र डिजाइन नै नभएका एक सय ६५ वटा सडकको शुभारम्भ गरेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीलाई शिलान्यासकै रहर हो भने रातो किताबमा रहेका सबै आयोजना बालुवाटारमै बसेर शिलान्यास गर्न उहाँले व्यङ्ग्यात्मक सुझाव दिए ।
यस्तै सांसद रङ्गमती शाहीले देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गमा प्रवेश गरेको भन्ने भाषण सुनेको तर आफ्नो क्षेत्रमा एउटा एम्बुलेन्ससमेत नहुँदा बिरामीको अकालमै ज्यान गुमाएको गुनासो गरे । राष्ट्रपतिले अपराधीको कैद मिनाहा गरिदिएको तथा म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीलाई देखी सहन्नँ भन्ने प्रधानमन्त्रीले कर छल्नेहरूकै घरमा दलको कार्यालय राखेको भन्दै शाहीले आक्रोश पोखे ।
सांसद गोकुल बाँस्कोटाले सरकारले गरेका विकास देख्न नसक्नेलाई कानमा रुई र आँखामा साउने चश्मा लगाउन सुझाव दिएका छन् । मेलम्ची आएको र रेलमार्ग बनिरहेकोप्रति उनले प्रसन्नता व्यक्त ग रे। ‘रेलमार्ग बन्दै नबनेको हो र ? बाजुराको टुप्पोमा अहिले नै रेल जान्छ कसैले भनेको छैन,’सरकारका विरोधीलाई उनले जवाफ फर्काए,‘किसुनजीले देखेको सपना ३० वर्षपछि आउँदा हामी सबै खुसी हुने, त्यसलाई पूरा गर्ने केपी ओली। र, ३० वर्षै लागोस् न त रेल आउन ।’
यस्तै सांसद भैरवबहादुर सिंहले बझाङका १२ वटै पालिकामा भोकमरी परेको भन्दै छिटो भन्दा छिटो खाद्यान्न पुर्याउन सरकारकाे ध्यानाकर्षण गराए ।
सांसद मेटमणि चौधरीले दाङमा मापदण्ड विपरीत जमिन तथा नदी, खोला उत्खनन गरेर चुरे क्षेत्र ध्वस्त बनाउने काम भइरहेको भन्दै तत्कालै रोक्न माग गरे ।
सांसद मोहन बानियाँले कर्णाली राजमार्गको सुर्खेत–नाग्मा सडक खण्ड अत्यन्तै जीर्ण भएको र आउँदो बर्खामा ठूलो समस्या आउन सक्ने भन्दै मर्मतका लागि सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
यस्तै सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्गको बुटवल–दोभान सडक खण्ड बिजोग अवस्थामा रहेको तर सरकारले ध्यान नदिएकाे भन्दै आपत्ति जनाए ।
सांसद योगेश भट्टराईले ताप्लेजुङको सिरान गाउँ र दोभानमा भएको आगलागीका पीडितलाई राहत, आवासको व्यवस्था गर्न र दमकललगायतका साधनको व्यवस्था गर्न आग्रह गरे ।
यस्तै सांसद रामबहादुर विष्टले तीन महिनाभित्र सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउँछन् भन्ने प्रधानमन्त्रीको गफ कता हरायो भन्दै प्रश्न गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले मुलुकमा राजसंस्थाको आवश्यकता औंल्याएका छन् । उनले अहिलेको शासन प्रणाली नै विफल भएको जिकिर गर्दै अब नयाँ ढङ्गले सहमति आवश्यक रहेको बताए । यस क्रममा विगतमा पाखा लगाइएको देशको परम्परागत शक्ति ‘राजसंस्था’लाई पनि समेट्नुपर्ने उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस