वातावरण

सोमबार एक दुई स्थानमा फाटफुट/हल्का वर्षा/हिमपातको समेत सम्भावना

काठमाडाैँ । चैत्र २३ गते (सोमबार) दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षा र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक दुई स्थानमा फाटफुट/हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत