गाउँ सहर
तस्बिरः सूर्य थापा ।
२०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौँमा - प्रधानमन्त्री ओली
- गाउँ सहर संवाददाता
- २० चैत शुक्रबार, २०७७ | १६:३३:०० मा प्रकाशित

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउने बताएका छन्।
शुक्रबार काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको बताएका हुन्।
उनले मातहतका मन्त्रालयलाई दुबै ठाउँको पानी समयमै ल्याउन निर्देशन समेत दिएका छन्।
कोभिड महामारीमा मेलम्चीको पानी काठमाडौँमा ल्याउन चुनौतीपूर्ण भएपनि त्यो काम सफल भएको प्रधानमन्त्री ओलीको भनाइ थियाे।
मेलम्चीको पानी काठमाडौँ ल्याउने विषयमा धेरै पहिला कुरा भएपनि तीन दशक पुग्न लाग्दा त्यो सपना साकार भएको ओलीले बताए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
प्रतिकृया दिनुहोस