स्वास्थ्य
पछिल्लो २४ घण्टामा १७९ नयाँ संक्रमित थपिए, १११ जनाले गरे स्वास्थ्य लाभ
- गाउँ सहर संवाददाता
- २० चैत शुक्रबार, २०७७ | १६:१३:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित १७९ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य छ । अहिलेसम्म कुल मृतकको संख्या ३ हजार ३१ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १११ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २२ लाख ७९ हजार १०५ को पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा १ हजार ६४७ र क्वारेन्टाइनमा रहनेको संख्या ६१ छ ।
छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस