अर्थतन्त्र

लेखनाथ उद्योग बाणिज्य संघको व्यवसायीबप्च छलफल कार्यक्रम

लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघले आफना व्यवसायीहरुको व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने गरी ब्यवसाय सम्वन्धि छलफल कार्यक्रम संचालन गरेको छ ।

आफनो कार्यक्षेत्रका सवै स्थानमा संघसंग आवद्ध र नयाँ व्यवसायीहरुलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता प्राप्तिका बारेमा जानकारी दिने उद्देश्यले पहिलो पटक पोखरा २७ को अर्घौचोक र रिठेपानीका व्यवसायीहरुकाबीच छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

लेखनाथ उद्योग बाणिज्य संघको भदौमा हुने महाधिवेशनका लागि चैत्र मसान्त सम्ममा दर्ता भएका व्यवसायी ब्यवसायीहरुले मतदानमा भाग लिन पाउने ब्यवस्था भए बमोजिम सो कुराको जानकारी दिनका लागि व्यवासायी प्रशिक्षण गरिएको बताईएको छ ।

यसैबीच पोखरा २६ र २७ व्यवसायीहरुका लागि अर्घौचोकमा राखिएको कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष बलराम ढकालले ब्यवसायीमा पर्न सक्ने पीडा मर्का तथा व्यवसायीका समस्याको समाधानमा संघ सहयोगी भएर अगाडि वढदै आएको जानकारी गराउदै  व्यवसायीको कार्यकुशलताको लागि संघले तालिम तथा ब्यवासायिक प्रवद्र्धनका उपायका बारेमा जानकारी दिन तयार रहेको धारणा राखेका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघको आब्हान र अर्घौ बजार ब्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रमा संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, उप- महासचिव उपेन्द्रराज सुबेदी (राजु),कार्यसमिति सदस्य ध्रुव वावु भट्राई,राधाकृष्ण अधिकारी र रामजी पौडेल लगाएतले संघले अगाडि सारेको कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।

अर्घौ बजार ब्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव धनश्याम ढुगानाले गरेका थिए ।

यसैगरी पोखरा २७ कै रिठेपानीमा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय,महासचिव गोपिचन्द्र वास्तोला,कोषाध्यक्ष जानुका अधिकारी,सदस्य भीम वहादुर सार्की काईला,निर्माण व्यवसायी ब्यवासायी किसान गुरुङ लगाएतले ब्यवसायीहरुमा परेका समस्याहरुप्रति संघ उत्तरदायी भएको धारणा राखे । सो कार्यक्रम संघका साधारण सदस्य रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत