काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।
आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको दाउ छ । लिग चरणको भेटमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए । यस्तै नेपालले पछिल्लो ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन।
बङ्गलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस