बिहीबार नेपाली बजारमा सुनको मूल्य उकालो, चाँदी घट्याे
- गाउँ सहर संवाददाता
- १२ चैत बिहीबार, २०७७ | १३:१५:०० मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ ।
स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधबार स्थिर रहेको सुनको भाउ बिहीबार रू. २०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला रू. ८६ हजार ९०० मा कारोबार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रू. ८६ हजार ७०० मा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार ४५० मा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रू. ८६ हजार २५० मा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला रू. एक हजार २४० मा कारोबार भएको चाँदी बिहीबार प्रतितोला रू. एक हजार २३० खरीदविक्री भइरहेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी रू. १० ले घटेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस