भारतमा काेराेनाभाइरस संक्रमित बढ्न थालेपछि नेपालमा चिन्ता
- गाउँ सहर संवाददाता
- ८ चैत आइतबार, २०७७ | २०:२९:०० मा प्रकाशित

काठमाडाैं । भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि त्यस्तो हुनसक्ने जोखिमकाबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिड हुने काम नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र काम नगर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा साबुन पानीले हात धुन आइतवार विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।
मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको छ ।
भारतमा पछिल्लो चार महिनामा सबैभन्दा धेरै दैनिक सङ्क्रमण शनिवार पुष्टि भएको थियो ।
शनिवार त्यहाँ ४०,९५३ जना सङ्क्रमित भएको पुष्टि भएको थियो ।
नेपालमा सत्तारूढ दलभित्र देखिएको अन्तरकलह र त्यसले पारेको राजनीतिक प्रभावका कारण दैनिकजसो भिडभाडयुक्त जमघट हुने गरेका छन् ।
भारतमा कोभिड प्रकोप बढ्दै गएपछि मुम्बई सहरमा भिड हुने स्थानमा अनिवार्य कोरोनाभाइरस परीक्षण गर्नुपर्ने नियम ल्याइने भएको छ ।
स्थानीय सरकारका अनुसार किनमेल केन्द्र र रेल स्टेसनहरू जस्ता स्थानमा छानिएका केही व्यक्तिहरूलाई सोमवारदेखि द्रुत परीक्षण गरिने छ ।
छानिएका व्यक्तिले परीक्षण गर्न अस्वीकार गरेमा कारबाही गरिने बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस