इंग्ल्यान्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट भारतलाई सिरिज
- गाउँ सहर संवाददाता
- ८ चैत आइतबार, २०७७ | ०८:४१:०० मा प्रकाशित

एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
अहमदाबादमा शनिबार भएको अन्तिम तथा पाँचौं खेलमा इंग्ल्यान्डमाथि ३६ रनको जित निकाल्दै भारतले सिरिज ३-२ ले आफ्नो बनाएको हो ।
भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाउन सक्यो ।
डाविड मालन र जोस बटलरले अर्धशतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डलाई जित दिलाउन सकेनन् ।
मालन ६८ रन जोड्दा आउट भए भने बटलर ५२ रनमा आउट भए ।
यस्तै जासन रोय सुन्य रनमा आउट हुँदा जोनी बेयर्स्टोले ७ रन बनाए । बेन स्टोक्सले १४ रन जोड्दा क्रिस जोर्डन ११ रन बनाएर आउट भए । कप्तान इयान मोर्गन र जोफ्रा आर्चर १/१ रनमा आउट भए ।
साम करण १४ रनमा अविजित रहे ।
इंग्ल्यान्डलाई सस्तैमा समेट्न शार्दुल ठाकुरले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डय र टी नटराजनले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।
भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । हार्दिक पाण्डय ३९ रनमा अविजित रहदा सुर्य कुमार यादवले ३२ रन बनाए ।
इंग्ल्यान्डका आदील खान र बेन स्टोक्सले १/१ विकेट लिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस