वातावरण

शनिबार, अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित वर्षा

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

महाशाखाकानुसार चैत्र ०७ गते (शनिबार) दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ बागमती प्रदेश गण्डकी प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता