मेलमिलाप केन्द्रकाे न्याय सम्पादन महत्वपूर्ण – उपसभामुख शर्मा
- गाउँ सहर संवाददाता
- ६ चैत शुक्रबार, २०७७ | २१:१३:०० मा प्रकाशित

पाेखरा । गण्डकी प्रदेशकी उपसभामुख श्रृजना शर्माले संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा गठन गरिएका मेलमिलाप केन्द्रले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताएकी छन् ।
कास्कीको रुपमा गाउँपालिका न्यायिक समितिद्धारा आयोजित मेलमिलाप सम्वन्धी आठ दिने आधारभूत तालिममा उनले संविधानले व्यवस्था गरे अनुसार नयाँ प्रयोगका रुपमा स्थापित मेलमिलाप केन्द्रमार्फत समाजका अधिकांश न्यायिक सरोकारका विषयहरु स्थानीय तहबाटै सम्पादन हुनु महत्वपूर्ण उपलव्धिकारुपमा देखिएको भन्दै न्याय सम्पादन गर्नु आफैँमा चुनौतिपूर्ण कार्य भएको बताइन् ।
गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिकी संयोजक लालसुव्वा गुरुङले वडास्तरका न्यायमूर्तिहरु निर्भिक र निश्पक्ष न्याय सम्पादनमा प्रतिवद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा सामुदायिक मेलमिला समाज नेपालका हरिप्रसाद पण्डित, रुपा गाउँपालिकाका ७ का वडाअध्यक्ष दयासागर सुवेदी, नेकपा (एमाले) का सवावस मिया, न्यायिक समितिका सदस्य राजन खनाल, सिता सापकोटा लगायतले तालिमले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
गाउँपालिकाका ७ वटा वडाका २१ जना मेलमिलाप सहजकर्ताको सहभागिता रहेको तालिममा कास्कीका प्रमुख जिल्ला न्यायाधिश श्रीकृष्ण भट्टराई, न्यायाधिशहरु तेजेन्द्र सापकोटा, डण्डपाणी शर्मा, विष्णुप्रसाद उपाध्याय, आनन्दप्रसाद श्रेष्ठ, देवप्रसाद योगी, हरिप्रसाद पण्डित, यज्ञप्रसाद अधिकारी लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस