अर्थतन्त्र
शुक्रबार सुनको मूल्यमा गिरावट
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शुक्रबार, २०७७ | ११:४४:०० मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँ, तेजावी ८५ हजार ७५० रुपैयाँ र चाँदी १ हजार २७० रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाला सुन तोलाको ८६ हजार ८ सय रुपैयाँ, तेजावी ८६ हजार ३५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य फागुन २६ गते बुधबार पनि सुनचाँदीको कारोबार आज अर्थात शुक्रबारकै मूल्यमा भएको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस