प्रतिनिधिसभा बैठक स्थगित
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बुधबार, २०७७ | १३:४२:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थिगित भएको छ । आइतबार बसेको बैठक शोक प्रस्ताव पारित गरेर सोमबार दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको हो ।
प्रतिनिधिसभाको आजको बैठकले विभिन्न समयमा निधन भएका सांसदहरूप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकको सर्वसम्मतले पारित गरेको हो ।
बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर के.सी., संविधानसभा सदस्य मानपुर चौधरी र भिमप्रसाद गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
यसै गरी बैठकले पूर्व सांसदहरू दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ, विरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ्ग लिम्बु, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेर प्रसाद शर्मा र डा. शंकरप्रसाद उप्रेती प्रति शोक प्रस्ताव पारित गरेको हो ।
तर आज प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि संसद् सचिवालयले बुधबारको बैठकको कार्यसूची परिवर्तन गरेको थियाे । प्रधानमन्त्री ओली संसद् बैठक सुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।
यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरिएको हो । यसअघिको कार्यसूचीमा विभिन्न अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।
यसअघि आइतबारको संसद् बैठक पनि ढिला सुरु भएको भन्दै प्रधानमन्त्री ओली करिब ४० मिनेट बसेर बाहिरिएका थिए । बुधबार प्रधानमन्त्री बाहिरिएसँगै संसद् भवनमा उपस्थित भएका अधिकांश मन्त्रीहरू पनि बैठक छाडेर हिँडेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस