प्रतिनिधिसभा बैठक स्थगित
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बुधबार, २०७७ | १३:४२:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थिगित भएको छ । आइतबार बसेको बैठक शोक प्रस्ताव पारित गरेर सोमबार दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको हो ।
प्रतिनिधिसभाको आजको बैठकले विभिन्न समयमा निधन भएका सांसदहरूप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकको सर्वसम्मतले पारित गरेको हो ।
बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर के.सी., संविधानसभा सदस्य मानपुर चौधरी र भिमप्रसाद गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
यसै गरी बैठकले पूर्व सांसदहरू दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ, विरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ्ग लिम्बु, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेर प्रसाद शर्मा र डा. शंकरप्रसाद उप्रेती प्रति शोक प्रस्ताव पारित गरेको हो ।
तर आज प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि संसद् सचिवालयले बुधबारको बैठकको कार्यसूची परिवर्तन गरेको थियाे । प्रधानमन्त्री ओली संसद् बैठक सुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।
यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरिएको हो । यसअघिको कार्यसूचीमा विभिन्न अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।
यसअघि आइतबारको संसद् बैठक पनि ढिला सुरु भएको भन्दै प्रधानमन्त्री ओली करिब ४० मिनेट बसेर बाहिरिएका थिए । बुधबार प्रधानमन्त्री बाहिरिएसँगै संसद् भवनमा उपस्थित भएका अधिकांश मन्त्रीहरू पनि बैठक छाडेर हिँडेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस