खेल
काठमाडौं मेयर्स कप क्रिकेटमा पुलिस र काठमाडौं मेयर-११ भिड्दै
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बुधबार, २०७७ | ०७:२९:०० मा प्रकाशित

काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने एक मात्र खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र काठमाडौं मेयर-११ भिड्ने छन् । पुलिस र काठमाडौंबीचको खेल बिहान ८:४५ बजे सुरु हुनेछ ।
पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो ।
पुलिसले ३ खेलमा ४ अंक जोडेको छ ।
पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।
काठमाडौंले २ खेलमा २ अंक जोडेको छ ।
पाँच टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस