खेल
कतारमा विमल घर्ति मगरको खुट्टाकाे सफल अपरेशन
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | १९:३२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ति मगरको खुट्टाको चोटको सफल शल्यक्रिया गरिएको छ ।
कतारस्थित अस्पेटार अस्पतालमा मंगलबार विमलको सफल शल्यक्रिया भएको हो ।
घुँडाको गम्भीर चोट बोकेपछि उपचारका लागि विमल कतार गएका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतार फुटबल एसोसियसनको सहयोगमा विमलको कतारमा शल्यक्रिया गरिएको हो ।
राष्ट्रिय टिमको प्रशिक्षण दौरान विमलले चोट बोकेका थिए । उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको थियो ।
यस अघि राष्ट्रिय टोलीका मिडफिल्डर बिक्रम लामाको सफल शल्यक्रिया भईसकेको छ ।
कोरोना र अन्य विरामीको चापको कारणले विमलको शल्यक्रियामा ढिलाई भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस