स्वास्थ्य

विश्वभर हाल २ कराेड १६ लाख काेभिडका बिरामी सामान्य, ८९ हजार चिन्ताजनक

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १७ लाख २२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड ३४ लाख ७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ७७ लाख ४१ हजार नाघेको छ भने मृतकको संख्या २६ लाख ११ हजार ६७९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८९ हजार ८७३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ९७ लाख ४३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ३८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४ लाख ४२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८७ लाख ६२ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १२ लाख ४४ हजार ६२४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५७ हजार ९६६ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ८ लाख ९७ हजार ४८६ जना निको भएका छन् । सक्रिय केस १ लाख ८९ हजार २७२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड १० लाख ५५ हजार जना संक्रमितमध्ये ९७ लाख ८२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ६६ हजारभन्दा बढी छन् । हाल १० लाख ६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७४ हजार ८१० जना पुगेका छन् भने २ लाख ७० हजार ९२७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ११ पुगेको छ भने ८७२ जना उपचाररत छन्  ।

गाउँ सहर संवाददाता

तपाईँको मत