नारी दिवसका अवसरमा पोखराको दीपशिखा बहुउद्देश्यीय सिकाई केन्द्रमा कानुनी साक्षरता
- गाउँ सहर संवाददाता
- २४ फाल्गुण सोमबार, २०७७ | १६:१०:०० मा प्रकाशित
लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रको आयोजनामा सोमबार कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
१११ औँ नारी दिवसको अवसर पारेर राखिएको कार्यक्रममा पोखरा नगर क्षेत्र भित्र रहेका विभिन्न आमा तथा महिला समूह, सामाजिक संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
पुस्तकालय तथा सिकाई केन्द्रका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत बार एसोसिएसनका पुर्व अध्यक्ष खगेन्द्र राज आर्चायले महिला हिंसा तथा वर्तमान कानुनका वारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २९ की वडा सदस्य निर्मला पौडेलले संविधानमा रहेका महिला हक तथा अधिकारका वारेमा सचेत हुन आग्रह गर्दै संविधानमा भएका कानुनी विषयका बारेमा सवैले जानकारी लिनु पर्नेमा जोड दिइन् ।
पुस्तकालयका सचिव पदम प्रसाद अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष जंगबहादुर गुरुङ्गले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस