राजनीति

आउँदैछन् विप्लव काठमाडौं, दुई वर्षपछि यस्ता देखिए

काठमाडाैं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँमा आउँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव विप्लव आज एउटै मञ्चमा देखिँदै छन् ।

दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनका लागि राति नै आउने तयारी गरेका विप्लव अहिले बिहान काठमाडौं आउँदैनन् ।

त्यसका लागि नवलपरासीबाट प्रस्थान गरेका छन् । उनलाई प्रहरीको सुरक्षासहित काठमाडौँ ल्याइँदैछ ।

सरकार र पार्टीबीच भएको ३ बुँदे सहमतिपछि विप्लव दुई वर्षपछि आज सार्वजनिक भएका हुन् । महासचिव विप्लवले नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेको तस्विर सार्वजनिक गरेका छन् ।

सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि त्यसलाई अस्वीकार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् । बिहीबार राति नै देवचुली पुगेका उनलाई शहीद परिवारले टिका लगाएर बिदा गरेका थिए । त्यसअघि उनले पार्टीका कार्यकर्तासँग भेटघाट गरेका थिए ।

गाउँ सहर संवाददाता