अर्थतन्त्र

नेप्से २४१६ मा झर्‍यो, काराेबार रकममा सामान्य सुधार

काठमाडाैं । साताकाे चाैथाे दिन पनि शेयरबजारमा सुधार हुन सकेन । यस दिन नेप्सेमा गिरावट आएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार र होटल तथा पर्यटन बाहेकका सबै समूहका सबइन्डेक्स घटेका छन् ।

अधिकांश कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक ३९.२३ अंकले घटेर २४१६ विन्दुमा झरेको छ ।

यस दिन २१२ वटा कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख ९ लाख ४४२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । एशियन लाइफ इन्स्योरेन्स, बरुण हाइड्रो, नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । 

 नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २९ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता