दिगोविकास

सर्‍यो मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलकाे मिति

काठमाडाैं । प्रदेशसभा बैठक बस्ने मिति सरेसँगै प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्ता पछि धकेलिएको छ ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना जारी गर्दै फागुन २० गतेका लागि बोलाइएको बैठक विशेष कारणले सरेको जानकारी दिएका छन् । उनका अनुसार अबको बैठक चैत २ गते सोमबार १२:३० बजे बस्ने छ ।

फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए । बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समूहले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो । तर उक्त प्रस्तावमाथि अहिलेसम्म छलफल भएको छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत