सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बुधबार, २०७७ | ११:१८:०० मा प्रकाशित
काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् ।
उनले भने,- 'नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । अहिलेलाई वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।'
मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस