‘विप्लव’ नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने
- गाउँ सहर संवाददाता
- २० जेठ शुक्रबार, २०७९ | १६:०३:०० मा प्रकाशित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष विप्लवले सम्पूर्ण परिवर्तनकारी शक्तिलाई एकता गर्दै, समान विचार भएकासँग बहस र छलफल गर्ने उद्देश्यका साथ काठमाडौंको खुल्लामञ्चमा असोज १ गते नवौं महाधिवेशनको उद्घाटन हुने जानकारी दिए।
अन्तरविरोध र अन्तरसंघर्षका रुपमा पार्टीमा नचाहेको र अस्वभाविक परिघटना देखा परेको बताउँदै उनले यी सबै विषयमा कुनै भ्रम नरहने गरी छलफल हुने प्रष्ट पारे।
“हेमन्त प्रकाश ओलीको टिमलाई स्वागत गरेका थियौं, एकीकृत जनक्रान्तीको छलफल चल्यो” उनले भने, “छलफल भएको एक हप्ता पनि भएको छैन, अर्को हप्ता झोला बोकेर हिँडिहाल्ने कस्तो शंका र दृष्टिकोण हो ?”
यसखाले गतिविधिले नेतृत्वले ध्यान नपुर्याएकोमा कार्यकर्ता दुखी बनेको उनले उल्लेख गरे।
पार्टीले उठाउदै आएका कुरालाई नागरिकले अपनत्व महसुस गरेको र यसलाई सफलताको रुपमा लिइएको उनको भनाइ छ। देशको अर्थतन्त्र जतिसुकै बेला पनि टाँट पल्टिएको घोषणा गर्ने अवस्थामा पुगेको बताउँदै उनले विश्वबाट पूँजीवाद उन्मूलन गर्दै वैज्ञानिक समाजवादका लागि बृहत ढंगबाट अघि बढ्नुपर्ने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस