‘विप्लव’ नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने
- गाउँ सहर संवाददाता
- २० जेठ शुक्रबार, २०७९ | १६:०३:०० मा प्रकाशित
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष विप्लवले सम्पूर्ण परिवर्तनकारी शक्तिलाई एकता गर्दै, समान विचार भएकासँग बहस र छलफल गर्ने उद्देश्यका साथ काठमाडौंको खुल्लामञ्चमा असोज १ गते नवौं महाधिवेशनको उद्घाटन हुने जानकारी दिए।
अन्तरविरोध र अन्तरसंघर्षका रुपमा पार्टीमा नचाहेको र अस्वभाविक परिघटना देखा परेको बताउँदै उनले यी सबै विषयमा कुनै भ्रम नरहने गरी छलफल हुने प्रष्ट पारे।
“हेमन्त प्रकाश ओलीको टिमलाई स्वागत गरेका थियौं, एकीकृत जनक्रान्तीको छलफल चल्यो” उनले भने, “छलफल भएको एक हप्ता पनि भएको छैन, अर्को हप्ता झोला बोकेर हिँडिहाल्ने कस्तो शंका र दृष्टिकोण हो ?”
यसखाले गतिविधिले नेतृत्वले ध्यान नपुर्याएकोमा कार्यकर्ता दुखी बनेको उनले उल्लेख गरे।
पार्टीले उठाउदै आएका कुरालाई नागरिकले अपनत्व महसुस गरेको र यसलाई सफलताको रुपमा लिइएको उनको भनाइ छ। देशको अर्थतन्त्र जतिसुकै बेला पनि टाँट पल्टिएको घोषणा गर्ने अवस्थामा पुगेको बताउँदै उनले विश्वबाट पूँजीवाद उन्मूलन गर्दै वैज्ञानिक समाजवादका लागि बृहत ढंगबाट अघि बढ्नुपर्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस