स्वास्थ्य

काेराेना अपडेटः दुईकाे मृत्यु, थप ८१ संक्रमित पुष्टि, ६२ जना निकाे

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट २ जना मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा नेपालमा थप २ जनाकाे मृत्यु भएकाे जनाएकाे छ । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७३ पुगेको छ ।

पछिल्लाे २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८२४ मा  कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि जनाएकाे छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ ।

त्यसैगरि पछिल्लो २४ घन्टामा ६२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ । 

गाउँ सहर संवाददाता