ऊँ चाबहिल डेन्टल हस्पिटलकाे शिविरबाट २१ सय जनाले सेवा लिए
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण शनिबार, २०७७ | ०९:१९:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । ऊँ चाबहिल डेन्टल हस्पिटलले सिन्धुपाल्चाेकमा तीन दिने नि:शुल्क दन्त शिविर सञ्चालन गरेकाे छ ।
शिविरबाट हस्पिटलले मंगलबारदेखि बिहीबारसम्म २१ सय जनालाई सेवा दिएकाे छ । इन्द्रावती गाउँपालिकाका तीन स्थानमा भएकाे शिविरबाट पहिलाे दिन ७५० दाेस्राे दिन ५७० र तेस्राे दिन ७७९ जना गरि कूल २०९९ जनाले सेवा लिएका छन् ।
पहिलाे दिन (मंगलबार) सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका सिम्पालकाभ्रेमा ७५० जना को नि:शुल्क दन्त परीक्षण तथा स्वास्थ्य जाँच गरिएको थियाे ।
स्वास्थ्य शिविर ऊँ चाबहिल डेन्टल हस्पिटल तथा जर्मन नेपाल सहयोग संघ(GNHA) र बिकास का लागि एकता र रेटिना सपाेट नेपालको सयुक्त आयोजना भइरहेकाे ऊँ चाबहिल डेन्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले बताए ।
दाेस्राे दिन बुधबार शिविरको दोस्रो दिन इन्द्रावती गाउँपालिकाको नवलपुरमा ५७० जनाले नि:शुल्क सेवा पाउनुका साथै औषधि, ब्रस, पेस्टसमेत नि:शुल्क वितरण गरिएको घिमिरेले जानकारी दिए ।
त्यसैगरि बिहीबार ज्यामिरे-८ मा ७७९ जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे थियाे ।
शिविरमा दाँत सम्बन्धि रोग, स्त्री रोग, आँखा जाँच, सुगर, प्रेसरलगायत स्वास्थ्य शिक्षा तथा परामर्शसमेत दिईएकाे घिमिरेले बताए । स्वास्थ्य जाँचपछि बिरामीलाई आवश्यक औषधिसमेत निशुल्क बिरतण गरिएकाे छ ।
विभिन्न जिल्लाका स्थानीय तहमा पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए ।
काठमाडाैंकाे चाबहिलमा सञ्चालित ऊँ चाबहिल डेन्टल हस्पिटलले शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे छ । सञ्चालनमा आएकाे छोटो समयमै हस्पिटलले सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस