ऊँ चाबहिल डेन्टल हस्पिटलकाे शिविरबाट २१ सय जनाले सेवा लिए
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण शनिबार, २०७७ | ०९:१९:०० मा प्रकाशित
काठमाडाैं । ऊँ चाबहिल डेन्टल हस्पिटलले सिन्धुपाल्चाेकमा तीन दिने नि:शुल्क दन्त शिविर सञ्चालन गरेकाे छ ।
शिविरबाट हस्पिटलले मंगलबारदेखि बिहीबारसम्म २१ सय जनालाई सेवा दिएकाे छ । इन्द्रावती गाउँपालिकाका तीन स्थानमा भएकाे शिविरबाट पहिलाे दिन ७५० दाेस्राे दिन ५७० र तेस्राे दिन ७७९ जना गरि कूल २०९९ जनाले सेवा लिएका छन् ।
पहिलाे दिन (मंगलबार) सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका सिम्पालकाभ्रेमा ७५० जना को नि:शुल्क दन्त परीक्षण तथा स्वास्थ्य जाँच गरिएको थियाे ।
स्वास्थ्य शिविर ऊँ चाबहिल डेन्टल हस्पिटल तथा जर्मन नेपाल सहयोग संघ(GNHA) र बिकास का लागि एकता र रेटिना सपाेट नेपालको सयुक्त आयोजना भइरहेकाे ऊँ चाबहिल डेन्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले बताए ।
(1).jpg)
दाेस्राे दिन बुधबार शिविरको दोस्रो दिन इन्द्रावती गाउँपालिकाको नवलपुरमा ५७० जनाले नि:शुल्क सेवा पाउनुका साथै औषधि, ब्रस, पेस्टसमेत नि:शुल्क वितरण गरिएको घिमिरेले जानकारी दिए ।
त्यसैगरि बिहीबार ज्यामिरे-८ मा ७७९ जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे थियाे ।
शिविरमा दाँत सम्बन्धि रोग, स्त्री रोग, आँखा जाँच, सुगर, प्रेसरलगायत स्वास्थ्य शिक्षा तथा परामर्शसमेत दिईएकाे घिमिरेले बताए । स्वास्थ्य जाँचपछि बिरामीलाई आवश्यक औषधिसमेत निशुल्क बिरतण गरिएकाे छ ।
.jpg)
विभिन्न जिल्लाका स्थानीय तहमा पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए ।
काठमाडाैंकाे चाबहिलमा सञ्चालित ऊँ चाबहिल डेन्टल हस्पिटलले शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे छ । सञ्चालनमा आएकाे छोटो समयमै हस्पिटलले सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस