ऊँ चाबहिल डेन्टल हस्पिटलकाे निःशुल्क दन्त शिविर
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण आइतबार, २०७६ | ०८:३२:०० मा प्रकाशित
भक्तपुर । ऊँ चाबहिल डेन्टल हस्पिटलले शनिबार भक्तपुरको कटुञ्जेमा नि:शुल्क दन्त शिविर सञ्चालन गरेकाे छ ।
नि:शुल्क दन्त शिविरमा ३५० बढीले सेवा पाएकाे अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।
अध्यक्ष घिमिरेका अनुसार शिविरमा दाँत सफा गर्ने, दाँत निकाल्नेकाे संख्या बढी थियाे ।
विभिन्न जिल्लाका स्थानीय तहमा पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए।
प्रबन्धक निर्देशक शर्माले डेन्टल खोलेको छोटो समयमै सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल भएको बताए ।
शिविरमा नि:शुल्क दाँत परीक्षण र तथा अन्य सेवा लिन पाएकाेमा स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासीले खुशी व्यक्त गर्नुका साथै ऊँ चाबहिल डेन्टल हस्पिटललाइ धन्यबाद व्यक्त गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस