स्वास्थ्य

पछिल्लाे २४ घण्टामा ३९४४ पीसीआर परीक्षण गर्दा ११२ जनाको नतिजा पोजेटिभ, चारकाे मृत्यु पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा चारजना मृतक थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७१ पुगेको छ ।

विगत २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गरिएकामा ११२ जनाको नतिजा पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २७ पुगेको छ ।

हाल क्वारेन्टिनमा ७१ जना छन् भने आइसोलेसनमा ९३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घन्टामा ३ हजार ९ सय ४४ पीसीआर परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता