स्वास्थ्य
४४ जना आइसियू र ११ जनाको भेन्टिलेटरमा उपचार हुँदै, देशमा अब १,५५५ सक्रिय संक्रमण
एकको मृत्यु, निको हुने दर ९८.७%
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बुधबार, २०७७ | १६:३५:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या २,०६६ पुगेको छ ।
यस्तै ९४ संक्रमित थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २,७३,७६० पुगेको छ । यस्तै निको हुने ७१ सहित कुल निको हुनेको संख्या २,७०१३९ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशमा सक्रिय संक्रमितको संख्या १,५५५ छ ।
अहिले देशभर ४४ जना कोरोना संक्रमितको आइसियू र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले बताएको छ । देशभर आजसम्म २१,५०२२५ जनाको पिसिआर टेस्ट भएको छ ।
मन्त्रालयका अनुसार देशभर अहिले १,५५५ जना आइसोलेशन र ६३ जना क्वारेन्टाइनमा रहेका छन् ।
देशमा खोप अभियान चलिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस