पोखराका सवल पक्षहरुको लेखाजोखा गर्न प्रसंसनीय खोज तालिम
- गाउँ सहर संवाददाता
- १० फाल्गुण सोमबार, २०७७ | २०:०४:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरका महाशाखा प्रमुख, शाखा प्रमुख र कर्मचारीहरुका लागि सकारात्मक सोच र उत्प्रेरणासम्बन्धी अभिमुखीकरण गराईएको छ ।
पोखरा महानगरपालिका शहरी योजना आयोगको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित धम्पुसमा चलेको उक्त तालिममा बोल्दै महानगरका प्रमुख मानबहादुर जिसीले सेवाग्राहीहरुलाई खुसी पार्नका लागि महानगरका सबै कर्मचारीमा सकारात्मक भावना हुनुपर्ने बताए । महानगर प्रवेश गरेका सेवाग्राहीलाई एक जना कर्मचारीले गर्ने व्यवहारसंग सिङ्गो महानगरकै प्रतिष्ठा जोडिएको भन्दै प्रमुख जिसीले नागरिकहरुले तिरेको करबाटै सेवा सुविधा लिएका कर्मचारीले नागरिकहरुलाई गुनासो गर्ने ठाउँ दिन नहुने बताए ।
कार्यक्रमका सहजकर्ता एवं पोखरा महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डा आरसी लामिछानेले विश्वका सबै महानगरहरु र पोखरा महानगरका कर्मचारीहरुबीच योग्यतामा कुनै कमी नभएको भन्दै सेवा दिने शैलीमात्र बदल्न सके उत्कृष्ट महानगर बनाउन सकिने बताए ।
तालिम कार्यक्रममा सहभागीहरुको सकृय सहभागिता रहेको थियो भने अधिकाँश सहभागीहरुको यस तालिममा प्रयोग गरिएका विधि तथा प्रकृयाहरु एकदम नयाँ र रोचक थिए ।
महानगरका महिला विकास अधिकृत विष्णुमाया पौडेलका अनुसार यो तालिम विगतका सवै तालिम भन्दा फरक रहेको र यसले आफु भित्र प्रयाप्त सकारात्मक उर्जा भरेको बताईन् । महानगरका सूचना अधिकृत भरत पौडेलले यस तालिमको अवधिलाई जीवनकै एक अविस्मरणीय क्षण रहेको बताए । त्यसैगरी शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले तीन दिनको धम्पुस वसाइपछि पर्याप्त उर्जा लिएर फर्किएको बताए ।
महानगरपालिकाका सवलक्षहरु र नगरवासीहरुको भविष्यको चाहनाको आधारमा सहभागीहरु तीन समूहमा विभाजित भई आगामी १० वर्ष पछाडिको पोखरा महानगरपालिकाको परिकल्पना तयार पारेका थिए ।
तालिममा महानगरका करीब ५० जनाको सहभागिता रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस