लाक्पा तेन्जी शेर्पाकाे अध्यक्षतामा रामेछाप शेर्पा किदुगको नयाँ कार्यसमिति
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण आइतबार, २०७७ | ११:४२:०० मा प्रकाशित
रामेछाप । रामेछाप किदुगकाे अध्यक्षमा लाक्पा तेन्जी शेर्पा चयन भएका छन् ।
शनिवार भएकाे साधारण सभाले शेर्पाकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे हाे ।
रामेछाप शेर्पा किदुग रामेछापका शेर्पाहरुको साझा संस्था हाे ।
पूर्व कृषिमन्त्री आङ्छिरिङ लामाको प्रमुख आतिथ्यता तथा नेपाल शेर्पा संघका केन्द्रिय अध्यक्ष गेल्जे लामा शेर्पाको विशेष आतिथ्यतामा भएकाे भेलाले नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

संघका पूर्व महासचिव नामगेल शेर्पा, किदुगका पूर्व अध्यक्ष पेम्बा लामा लगायत अन्य समाजसेवी, बुद्धिजीवी, किदुगका प्रतिनिधधि एवं सम्पूर्ण सदस्यहरुको उपस्थितिमा साधारणसभा सम्पन्न भएकाे अध्यक्ष लाक्पा तेन्जी शेर्पाले जानकारी दिए ।
रामेछापका शेर्पाहरुको साझा समस्या समाधान, सामाजिक, धार्मिक, सांस्कृतिक संरक्षण एवं प्रवर्धन, सामुदायिक कार्यकम संचालन गर्ने उद्देश्य अनुरूप २०७० सालमा स्थापना भइ आफ्नै जगेडा कोष खडा गरी दैवीप्रकोप आपत बिपतमा परेका समेतलाई अनुदान तथा राहत लगायत सामाग्री समेत बितरण गरी सहयोग गर्दै आएको छ ।
शेर्पा भाषाका संगीतकर्मीसमेत रहेका अध्यक्ष शेर्पाको सांस्कृतिक झलकरूपी तीनपानी रक्सीले सकियो गीत लोकप्रिय छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस