लाक्पा तेन्जी शेर्पाकाे अध्यक्षतामा रामेछाप शेर्पा किदुगको नयाँ कार्यसमिति
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण आइतबार, २०७७ | ११:४२:०० मा प्रकाशित

रामेछाप । रामेछाप किदुगकाे अध्यक्षमा लाक्पा तेन्जी शेर्पा चयन भएका छन् ।
शनिवार भएकाे साधारण सभाले शेर्पाकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे हाे ।
रामेछाप शेर्पा किदुग रामेछापका शेर्पाहरुको साझा संस्था हाे ।
पूर्व कृषिमन्त्री आङ्छिरिङ लामाको प्रमुख आतिथ्यता तथा नेपाल शेर्पा संघका केन्द्रिय अध्यक्ष गेल्जे लामा शेर्पाको विशेष आतिथ्यतामा भएकाे भेलाले नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
संघका पूर्व महासचिव नामगेल शेर्पा, किदुगका पूर्व अध्यक्ष पेम्बा लामा लगायत अन्य समाजसेवी, बुद्धिजीवी, किदुगका प्रतिनिधधि एवं सम्पूर्ण सदस्यहरुको उपस्थितिमा साधारणसभा सम्पन्न भएकाे अध्यक्ष लाक्पा तेन्जी शेर्पाले जानकारी दिए ।
रामेछापका शेर्पाहरुको साझा समस्या समाधान, सामाजिक, धार्मिक, सांस्कृतिक संरक्षण एवं प्रवर्धन, सामुदायिक कार्यकम संचालन गर्ने उद्देश्य अनुरूप २०७० सालमा स्थापना भइ आफ्नै जगेडा कोष खडा गरी दैवीप्रकोप आपत बिपतमा परेका समेतलाई अनुदान तथा राहत लगायत सामाग्री समेत बितरण गरी सहयोग गर्दै आएको छ ।
शेर्पा भाषाका संगीतकर्मीसमेत रहेका अध्यक्ष शेर्पाको सांस्कृतिक झलकरूपी तीनपानी रक्सीले सकियो गीत लोकप्रिय छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस