स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु, संक्रमितभन्दा स्वास्थ्य लाभ गर्ने बढी

काठमाडाैँ । काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या तीन रहेको छ । यो सहित कुल मृतकको संख्या दुई हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११४ जनाले स्वास्थ्य लाभ गरेका छन भने ९७ नयाँ संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ भने स्वास्थ्य लाभ गर्नेको संख्या दुई लाख ६९ हजार ६१९ पुगेको छ ।

अहिले देशमा सक्रिय संक्रमितको संख्या एक हजार ५८३ छ । आजसम्म २१ लाख ३४ हजार २६१ जनाको पिसिआर परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता