स्वास्थ्य

कोरोनाभाइरसः १० करोड ९६ लाख माथि संक्रमित हुँदा ८ करोड ४१ लाख बढीले हराए भाइरस

काठमाडौँ । विश्वमा कोरोना कहरले १० करोड ९६ लाख ५९ हजार ७६७ जना संक्रमित बनाउँदा ८ करोड ४१ लाख ७८ हजार ७२० जनाले भाइरसलाई जितेका छन् । यसमा २४ लाख १७ हजार ९४६ जनाको भने मृत्यु भएको छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार, अहिले विश्वमा कोरोनाभाइरसको सक्रिय केश २ करोड २९ लाख १० हजार ४९९ छ जसमा ९८ हजार ७६ जनाको अवस्था नाजूक छ ।

नेपालमा अहिले भाइरसको सक्रिय केश १ हजार ५८१ मा छ । भाइरसका कारण मृतकको संख्या २ हजार ५५ रहेको छ । देशमा खोप कार्यक्रम चलिरहेको छ ।

गाउँ सहर संवाददाता