स्वास्थ्य

कोरोना संक्रमितको संख्या १० करोड ६९ लाख माथि, निको हुने ७ करोड ८८ लाख, २३ लाख ३३ हजार बढीको मृत्यु

काठमाडौँ । विश्वमा कोरोनाभाइरसका कारण १० करोड ६९ लाख ८५ हजार ८०९ जना संक्रमित भएका छन भने स्वास्थ्य लाभ गर्नेको संख्या ७ करोड ८८ लाख २३ हजार २५४ छ । जसमा २३ लाख ३५ हजार ३०२ को भने मृत्यु भएको छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार, विश्वमा अहिले सक्रिय केश २ करोड ५६ लाख ८० हजार २८० छ जसमा १ लाख ३ हजार ५ जनाको अवस्था अत्यन्तै नाजूक छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ७४४ छ भने २ हजार ४५ जनाको भने मृत्यु भइसकेको छ । देशमा अहिले प्राथमिकताका आधारमा पहिलाे चरणकाे खाेप चलिरहेकाे छ ।

गाउँ सहर संवाददाता