खेल

प्रधानमन्त्री ओली आज खेलाडीसँग अन्तरक्रिया गर्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेलकुदसँग अन्तरक्रिया गराउने उद्देश्यका साथ राखेपले कार्यक्रम गर्दैछ ।

आज 'खेलकुदसँग प्रधानमन्त्री' नामक अन्तरक्रिया कार्यक्रम हुँदैछ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रम अपरान्ह १ बजे सुरु हुनेछ ।

कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित भएर खेलकर्मीले राखेका प्रश्नको जवाफ सहित सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा खेलाडी, प्रशिक्षक, खेल संघका पदाधिकारी सहित विभिन्न खेलकर्मी उपस्थित रहनेछन् ।

गाउँ सहर संवाददाता