रबिन्द्र लम्सालले उनेकाे शब्दमा प्रकाश सपुतको मार्मिक अभिनयसहितकाे भिडिओ ‘आमा’
- गाउँ सहर संवाददाता
- १७ माघ शनिबार, २०७७ | ०८:४६:०० मा प्रकाशित
काठमाडाैं पर्बत ठुलिपोखरीका रबिन्द्र लम्साल क्यानाडाको टोरोन्टोमा बस्छन् । उनै लम्सालले शब्द रचना गरेकाे गीतको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा कलाकार प्रकाश सपुत र हिउवाला गौतमको हृदयस्पर्षी अभिनय रहेको भिडियोमा आमा र छोराको माया, ममता, सम्बन्ध साथै उत्तरदायित्वलाई देखाउने प्रयास गरिएको छ । आरूष भुषाल भुषाल वाल्यकालको छोराको भूमिकामा रहेका छन् ।
रवीन्द्रसंगीता नामको युटुव च्यानलबाट सार्वजनिक भएको गीतलाई सिडी विजय अधिकारीले संगीत दिएका छन् भने किरण कंडेलले बाजागाजाको संयोजन गरेका हुन् ।
आमाको खुत्रुकेमा भएको पैसा लिएर उच्च शिक्षाको लागि गाँउबाट शहर पसेको छोराले आमालाई सम्झदै वाल्यकालका यादहरु सजाएको मात्रै होइन गीतको भिडियोमा असल आमाले गरेको दुस्ख र संघर्षलाई समेत देखाइएको छ ।
द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीको स्वर रहेको सो गीतको भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन् । विशाल घिमिरेले कथामामा उतारेको ‘आमा’ गीतको दृश्यलाई नवराज उप्रेतीलेले क्यामरामा कैद गरेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस