रबिन्द्र लम्सालले उनेकाे शब्दमा प्रकाश सपुतको मार्मिक अभिनयसहितकाे भिडिओ ‘आमा’
- गाउँ सहर संवाददाता
- १७ माघ शनिबार, २०७७ | ०८:४६:०० मा प्रकाशित
काठमाडाैं पर्बत ठुलिपोखरीका रबिन्द्र लम्साल क्यानाडाको टोरोन्टोमा बस्छन् । उनै लम्सालले शब्द रचना गरेकाे गीतको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा कलाकार प्रकाश सपुत र हिउवाला गौतमको हृदयस्पर्षी अभिनय रहेको भिडियोमा आमा र छोराको माया, ममता, सम्बन्ध साथै उत्तरदायित्वलाई देखाउने प्रयास गरिएको छ । आरूष भुषाल भुषाल वाल्यकालको छोराको भूमिकामा रहेका छन् ।
रवीन्द्रसंगीता नामको युटुव च्यानलबाट सार्वजनिक भएको गीतलाई सिडी विजय अधिकारीले संगीत दिएका छन् भने किरण कंडेलले बाजागाजाको संयोजन गरेका हुन् ।
आमाको खुत्रुकेमा भएको पैसा लिएर उच्च शिक्षाको लागि गाँउबाट शहर पसेको छोराले आमालाई सम्झदै वाल्यकालका यादहरु सजाएको मात्रै होइन गीतको भिडियोमा असल आमाले गरेको दुस्ख र संघर्षलाई समेत देखाइएको छ ।
द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीको स्वर रहेको सो गीतको भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन् । विशाल घिमिरेले कथामामा उतारेको ‘आमा’ गीतको दृश्यलाई नवराज उप्रेतीलेले क्यामरामा कैद गरेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस