स्वास्थ्य
विश्वमा कोरोनाविरुद्ध खोप अभियान जारी, अहिलेसम्म २२ लाख १६ हजार २८५ ले ज्यान गुमाए
- गाउँ सहर संवाददाता
- १७ माघ शनिबार, २०७७ | ०८:३१:०० मा प्रकाशित
काठमाडौँ । विश्वमा अहिले कोरोनाविरुद्ध खोप अभियान जारी रहँदासम्म भाइरसका कारण २२ लाख १६ हजार २८५ ले ज्यान गुमाइसकेका छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा तथ्यांक अनुसार, विश्वमा कुल संक्रमितको संख्या १० करोड २६ लाख २८ हजार ५९३ पुग्दा स्वास्थ्य लाभ गर्नेको संख्या ७ करोड ४३ लाख २५ हजार ७५२ रहेको छ ।
अहिले विश्वमा भाइरसका २ करोड ६० लाख ८२ हजार ८८१ केश सक्रिय रहेका छन् । यसमा १ लाख ८ हजार ९८७ जनाको अवस्था चिन्ताजनक रहेको इन्फोले जनाएको छ ।
नेपालमा अहिले ३ हजार २२ सक्रिय संक्रमित रहेको र अहिलेसम्म २ हजार २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशमा पहिलो चरणको खोप अभियान जारी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस