विश्वभर काेराेना संक्रमित १० कराेड नाघे, साढे २१ लाखकाे मृत्यु, एक लाखकाे अबस्था गम्भीर
- गाउँ सहर संवाददाता
- १३ माघ मंगलबार, २०७७ | ०८:३८:०० मा प्रकाशित
काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५८ लाख ३९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७ करोड २२ लाख ८९ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १० करोड २ लाख ८० हजार नाघेको छ भने मृतकको संख्या २१ लाख ४९ हजार ३८७ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १० हजार २५२ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ५८ लाख ६१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ३१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २६ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ५६ लाख १७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९८ लाख १२ हजार जनामा भाइरस सक्रिय छ ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ६ लाख ७७ हजार ७१० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५३ हजार ६२४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ३ लाख ४५ हजार २७८ जना निको भएका छन् । सक्रिय केस १ लाख ७८ हजार ८०८ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ८८ लाख ७२ हजार जना संक्रमितमध्ये ७७ लाख ९ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख १७ हजारभन्दा बढी छन् । हाल ९ लाख ४५ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित २ लाख ६९ हजार ७८९ जना पुगेका छन् भने २ लाख ६४ हजार ५३८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ११ पुगेको छ भने ३ हजार २४० जना उपचाररत छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस