आइतबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा नयाँ रेकर्ड
- गाउँ सहर संवाददाता
- ११ माघ आइतबार, २०७७ | १६:००:०० मा प्रकाशित

काठमाडाैं । शेयरबजारमा आइतबार दुई वटा रेकर्ड कायम भएकाे छ । निरन्तर उकालाे लागिरहेकाे नेप्से परिसूचक र कारोबार रकम दुबैमा नयाँ रेकर्ड कायम भएको हाे ।
आइतबार ऐतिहासिक उचाइमा पुग्दा हालसम्मकै धेरै ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ । नेप्से परिसूचक ५०.२० अर्थात २.११ प्रतिशत बढेर २४२.८४ विन्दुमा पुगेको छ ।
यसदिन एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । कारोबारमा आएको पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, मिथिला लघुवित्त र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ । यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका ब्यापार बाहेक सबै उपसमूहका सूचक बढेका छन् । अन्य ५ प्रतिशत धेरैले बढ्दा लघुवित्त र जलविद्युतको सूचक पनि २ प्रतिशत धेरैले बढेका छन् । बैंकिङ, होटल, वित्त, निर्जीबन बीमाको सूचकमा १ प्रतिशत धेरैको सुधार आएको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्सको यस दिन ६६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस