‘संसद विघटन असंवैधानिक भयो भनेर कराउनेहरु जनविराेधी हुन्, संसद स्थायी जागिर होइन’
- गाउँ सहर संवाददाता
- ११ माघ आइतबार, २०७७ | १५:२२:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भन्दै विराेध गर्नेहरू जनविराेधि भएकाे आरोप लगाएका छन् ।
आइतबार राष्ट्रिय सभागृहमा भएको अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रिया कार्यकममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनको विरोध जनविराेधि भएकाे बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’
देशमा स्थिरता हुन नदिएर अस्तव्यस्तता खडा गर्नेहरुका कारण संसद विघटन गर्नुपरेको ओलीको भनाइ छ।
संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेहरुले नयाँ जनादेशमा जाने निर्णयको विरोध गरेको ओलीले बताए। उनले भने, ‘संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने ? सांसद भनेको जागिर हो ? जागिर होइन । उनीहरुको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेछ ।’
बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए ।
उनले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरुलाई गेठान लगाउन आग्रह गरे ।
देशमा स्थिरता ल्याउन खोज्दा आफूलाई तानाशाहीको आरोप लागेको भन्दै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते हुने चुनावमा त्यस्ता देशद्रोहीलाई ठेगान लगाउन आग्रह गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस