राजनीति

प्रतिनिधिसभा विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, र्‍यालीका दश तस्बिर

काठमाडाैं । प्रतिनिधि सभा विघटनविरूद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार काठमाडौंमा ठूलो र्‍याली निकालेकाे छ । काठमाडौंको विभिन्न १० स्थानबाट निस्किएको र्‍यालीलाई केन्द्रीय स्तरका नेताहरुले नेतृत्व गरेका थिए । र्‍यालीलाई नेकपाका नेताहरु घनश्याम भुसाल, देबेन्द्र पौडेल, कृष्णबहादुर महरा, पम्फा भुसाल, भीम रावल, देव गुरुङ, योगेश भट्टराई, रामकुमारी झाँक्री लगायतका नेताहरुले नेतृत्व गरेका थिए । 

उनीहरुको नेतृत्वमा अघि बढिरहेको र्‍यालीमा विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध चर्का नारा लगाएका छन्। प्रचण्ड–नेपाल समूहले शान्तीपूर्ण र सभ्य तरिकाले प्रस्तुत हुने दाबी गरेपनि र्‍यालीमा सहभागीहरुले भने अनादरयुक्त शब्द प्रयोग गरेका छन् । उनीहरुले ‘केपी ओली देश छोड, केपी–विद्याको पाराले दुःख पाए साराले, केपी ओली मुर्दावाद’ जस्ता तल्लो स्तरका नारा लगाएका छन् ।

 विभिन्न स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डप अगाडि जम्मा भएपछि आमसभा हुँदैछ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत