राप्रपाद्वारा मोटरसाइकल र्याली
- गाउँ सहर संवाददाता
- २० फाल्गुण मंगलबार, २०८१ | १९:५४:०० मा प्रकाशित

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था, हिन्दु अधिराज्य चाहने दल, समूहहरूले हाल छुट्टाछुट्टै कार्यक्रम गरे पनि चैतमा एकत्रित भएर 'वार कि पार'को आन्दोलनमा जाने घोषणा गरेका छन् ।
‘फागुन महिनामा देशव्यापी रुपमा आ-आफ्नो कार्यक्रम गरे पनि चैतमा राजा, सनातन धर्म चाहने सबै दल, समूह, संस्था एक ठाउँ आएर काठमाडौं केन्द्रीत आन्दोलनमा जुट्ने छन् ।
अब जनता असक्षम नेतृत्वको विरुद्धमा उठ्ने बेला भइसक्यो, वार कि पार गर्ने समय आइसक्यो,' नेता राणाले मंगलबार राप्रपाद्वारा आयोजित बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै भने ।
प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपाका महामन्त्री राणाले राजाको आह्वानलाई सबै जनताले सहयोग गर्नु पर्नेमा जोड दिए ।
देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे ।
राप्रपा, आन्दोलन परिचालन समितिले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख शहरहरुमा मोटरसाइकल र्याली र सार्वजनिक सभाहरु संचालन गर्ने र चैत महिना काठमाडौं केन्द्रीत आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस