हेक्काईदो रामेन हाउसको जापानी फास्टफुड काउन्टर (देकाईदो एक्सप्रेस) को सुरुवात
- गाउँ सहर संवाददाता
- ६ माघ मंगलबार, २०७७ | १७:०४:०० मा प्रकाशित
काठमाडौँ । हेक्काईदो रामेन हाउसको जापानी फास्टफुड काउन्टर देकाईदो एक्सप्रेसको सुरुवात भएको छ ।
माघ ६ गते मंगलबार देखि भाटभटेनी सुपर मार्केटको सहकार्यमा महाराजगञ्जमा जापानी फास्टफूड काउन्टर (देकाईदो एक्सप्रेस) खुलेको हाउसले जानकारी दिएको हो ।
यसअघि पनि हाउसले भाटभटेनी सुपर मार्केटका विभिन्न स्थानहरुबाट जापानीज बेन्तो (लन्च बक्स) साथै जापानी ओसाकेहरु बिक्री गर्दै आएको थियो ।
यहि शिलशिलामा उसले देकाईदो एक्सप्रेस सुरुवात गरेको हो ।
छिटो छरितो मिठो जापानी फास्टफुड र पेय पदार्थ सुलभ मूल्यमा ग्राहकहरुलाई उपलब्ध गराउन विभिन्न ७ वटा देकाईदो एक्सप्रेस काउन्टर खोल्ने तयारीमा रहेको पनि हाउसले बताएको छ ।
हाउसले जापानी खानाको पारखी ग्राहकवर्ग तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपले अभियानमा सहयोग पुर्याउने सबैमा आभार प्रकट गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस