हेक्काईदो रामेन हाउसको जापानी फास्टफुड काउन्टर (देकाईदो एक्सप्रेस) को सुरुवात
- गाउँ सहर संवाददाता
- ६ माघ मंगलबार, २०७७ | १७:०४:०० मा प्रकाशित

काठमाडौँ । हेक्काईदो रामेन हाउसको जापानी फास्टफुड काउन्टर देकाईदो एक्सप्रेसको सुरुवात भएको छ ।
माघ ६ गते मंगलबार देखि भाटभटेनी सुपर मार्केटको सहकार्यमा महाराजगञ्जमा जापानी फास्टफूड काउन्टर (देकाईदो एक्सप्रेस) खुलेको हाउसले जानकारी दिएको हो ।
यसअघि पनि हाउसले भाटभटेनी सुपर मार्केटका विभिन्न स्थानहरुबाट जापानीज बेन्तो (लन्च बक्स) साथै जापानी ओसाकेहरु बिक्री गर्दै आएको थियो ।
यहि शिलशिलामा उसले देकाईदो एक्सप्रेस सुरुवात गरेको हो ।
छिटो छरितो मिठो जापानी फास्टफुड र पेय पदार्थ सुलभ मूल्यमा ग्राहकहरुलाई उपलब्ध गराउन विभिन्न ७ वटा देकाईदो एक्सप्रेस काउन्टर खोल्ने तयारीमा रहेको पनि हाउसले बताएको छ ।
हाउसले जापानी खानाको पारखी ग्राहकवर्ग तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपले अभियानमा सहयोग पुर्याउने सबैमा आभार प्रकट गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस