स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस जितेर ४७७ जनाले गरे स्वास्थ्य लाभ, ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस जितेर ४७७ जनाले स्वास्थ्य लाभ गरेका छन् भने २४० नयाँ संक्रमित थपिएका छन् । तर ६ जनाको भने मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या १९५४ पुगेको छ । यस्तै कुल संक्रमितको संख्या २,६७,०५६ र स्वास्थ्य लाभ गर्नेको संख्या २,६१,०४४ पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्ममा २०,०८,९४४ जनाको पिसिआर परीक्षण भएको छ । अहिले देशमा सक्रिय संक्रमितको संख्या ४,०५८ रहेको छ ।

गाउँ सहर संवाददाता