अर्थतन्त्र

सेञ्चुरी कमर्सियल बैंकले मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस दिने

काठमाडाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौँ तथा दशौं वार्षिक साधारण सभा मिति २०७७/०९/२९ बुधबारका दिन सम्पन्न भएको छ ।

यो सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडाैँमा सम्पन्न भएको हो ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम रु. ८,५८,३७,८१,०००/– मा  आ.व. २०७६/७७  को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने  प्रस्ताव पारित गरेको छ ।

साथै  साधारण सभाले  लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । 

साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्ब र कर्जा रकम रु. ६६.९३ अर्ब परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत