एनआईसी एशिया बैङ्कको २६ औँ वार्षिक साधारण सभा आश्विन २८ मा
- गाउँ सहर संवाददाता
- ६ असोज शनिबार, २०८० | ०६:४६:०० मा प्रकाशित

काठमाडाैँ । एनआई सी एशिया बैङ्क लिमिटेडका २६औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते हुने भएको छ । काठमाडौँको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट साधरणसभा सुरु हुने बैङ्कले जनाएको छ ।
साधारण सभामा गत आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।
साथै गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैङ्कको चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैङ्कको प्रबन्ध पत्र र नियमावलीमा समसामयिक संशोधन÷थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ ।
एनआई सी एशिया बैङ्क मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैङ्कहरू मध्येको बैङ्क हो । यस बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस