अर्थतन्त्र

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

काठमाडौँ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपाल फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष प्रा. डा. हिरेन्द्रमान प्रधान र ललितपुर फाइनान्सको तर्फबाट संचालक समितिका अध्यष दिपक मर्जन आआफ्ना संचालक समितिका सदस्यहरुको रोहवरमा हस्ताक्षर गरेका हुन् ।

नेपाल फाइनान्स निजी क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्स कम्पनी हो । ललितपुर फाइनान्स २०५१ सालमा खुलेको संस्था हो । अहिले फाइनान्सको करिब ३१ करोड रुपैयाँ र ललितपुर फाइनान्सको करिब २४ करोड चुक्ता पूजीँ रहेको छ ।

हेर्नुहोस विज्ञप्ति


 

गाउँ सहर संवाददाता

तपाईँको मत