वातावरण

के छ त आजको मौसमी अबस्था ?

काठमाडाैं । माैसम पुर्वानूमान महाशाखाले आजको मौसमी अबस्था सार्वजनिक गरेकाे छ । 

महाशाखाका अनुसार अहिले देशको तराईका भू-भागमा बाक्लो कुहिरो लागेको छ । 

दिउँसोपछि कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको छ । सुदूरपश्चिम र  प्रदेश १ मा आज दिनभर बादल लाग्ने छ । 

रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।

यसैबीच काठमाडाैं उपत्यकामा हिजोभन्दा आज चिसो बढेको छ । 

आज बिहान काठमाडाैं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाडाैंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो फेरि घटेर ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । बादल हटेर आकाश खुलेकाले चिसो बढेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत