स्वास्थ्य

हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण, काेराेनाबाट ज्यान गुमाउनेको संख्या १८९९ पुग्याे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । 

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ९५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत