शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गर्न राेक्का
- गाउँ सहर संवाददाता
- २१ पौष मंगलबार, २०७७ | १०:०२:०० मा प्रकाशित
काठमाडौं । शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गर्न राेक्का गरिएकाे छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो ।
केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको हो । कोइरालालेसबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार परिपत्र गर्दै जिल्लान्तर सरुवा रोक्का गरिएको जानकारी दिएका छन् ।
दरबन्दी मिलानको काम सम्पन्न गर्न अझै केही समय लाग्ने र शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएको कोइरालाले बताए ।
केन्द्रको पूर्वअनुमति लिएकाको हकमा भने जिल्लान्तर सरुवा गर्न पाइने छ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस